काठमाडौं ।। भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी गायिका मेनुका पौडेल नेपाल फर्किएकी छन् । सोमबार गृहनगर झापा आएकी पौडेललाई प्रदेशसभा सदस्य छवि चुडालले खादा लगाएर स्वागत गरेका छन् । साथै, पौडेललाई आज अभिनन्दन गर्ने कार्यक्रम रहेको छ। उत्कृष्ट-१० मा छनोट हुन सफल भएकी उनी आइतबारको एपिसोडमा शोबाट बाहिरिएकी थिइन् । उत्कृष्ट-१० मा पर्नु मेनुकाका लागि एउटा ठूलो सफलता मात्रै होइन विगतका कुनै रियालिटी शोमा पुग्न नसकेको स्थान पनि हो । पाैडेललाई स्वागत गर्न सो ठाउँमा संगीतकर्मी तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here