काठमाडौँ ।। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अपराह्न भारतको अयोध्यास्थित राम मन्दिरमा रहेको राममूर्तिको प्राणप्रतिष्ठा गरेका छन्। सोमबार अपराह्न १२ बजेर २९ मिनेटमा राममूर्तिको प्राणप्रतिष्ठा गरेर प्रधानमन्त्री मोदीले भारतमा नयाँ युगको थालनी गरेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। यसका लागि करिब १३ हजार सुरक्षाकर्मीको घेरामा देशविदेशबाट आएका ७ हजार पाहुनाहरु सहभागी छन्। प्रधानमन्त्री मोदी कार्यक्रम सुरु हुनुभन्दा आधा घन्टाअगाडि राममन्दिर परिसर पुगेका हुन्। प्राणप्रतिष्ठाअघि प्रधानमन्त्री मोदीले मन्दिरको गर्भगृहमा विशेष पूजा गरेका थिए। पूजामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, गभर्नर आनन्दीबेन पटेललगायतको उपस्थिति थियो । नेपालका जनकपुरधाम र नेपालगञ्जलगायतका स्थानमा समेत राममन्दिर उद्घाटनका अवसरमा उत्सव मनाउने कार्यक्रम सोमबार बिहानैदेखि चलिरहेको छ । प्राणप्रतिष्ठाको विशेष कार्यक्रम भारतीय समयअनुसार १२ बजेर २९ मिनेट ६ सेकेन्डमा सुरु भएर १२ बजेर ३० मिनेट ३२ सेकेन्डसम्म चलेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here