जनकपुर ।। भारत अयोध्यामा नवनिर्मित राम मन्दिरको आज प्राण प्रतिष्ठा हुँदैछ। आज भगवान रामको मन्दिरमा भव्य समारोहकाबीच प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ। राममन्दिरको गर्भगृहमा रामको बालस्वरूप मूर्ति राखेर विभिन्न पूजन कार्य गरिदैँछ । गत बुधबार सुरु भएको हवन तथा पूजन कार्यपछि आज प्राणप्रतिष्ठा हुनेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठाको कार्यक्रम हुनेछ। राम जन्मभूमि ट्रस्टले प्राण प्रतिष्ठाको सम्पूण तयारी पूरा भएको बताएको छ।
ट्रष्टका अनुसार प्राण प्रतिष्ठा कार्यक्रम आज दिउँसो १२ः४५ (भारतीय समय अनुसार १२ः३० देखि १ बजे) बजे सुरु हुने र १ः१५ बजेसम्म चल्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीका साथै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विधि–विधानका साथ प्राण प्रतिष्ठामा सहभागी हुनेछन्। त्यसपछि मन्दिर दर्शनका लागि खोलिने छ।
ट्रस्टले भगवान रामको मूर्तिलाई ११४ घैँटोलाई औषधियुक्त र छुट्टाछुट्टै तिर्थस्थलबाट ल्याइएको जलले नुहाइने बताएको छ।
प्राण प्रतिष्ठाको विधि १६ जनवरीका दिन सरयू नदीबाट सुरु भएको थियो र आज उत्तम साइतमा समाप्त हुनेछ।
उक्त अवसरमा जनकपुरधामस्थित भगवान रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दियो बाल्ने कार्यक्रम रहेको छ। जानकी मन्दिरका छोटे महन्त रामरोशन दासका अनुसार आज १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरिने छ। साथै आजको दिन उत्सवको रुपमा मनाउने योजना रहेको छ।
जानकी मन्दिरमा आज साँझ दियो बालिने र विशेष आरती हुने भएकाले मन्दिरको सरसफाइ लगायतको सम्पूर्ण तयारी पूरा भएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here