रौतहट ।।
भारतको आयोध्यामा हुने भगवान श्री रामको प्राण प्रतिष्ठाको अवसरमा रौतहटमा भगवान राममय बातावरण भएको छ ! सयौ बर्षको अन्तराल पछि आयोध्यामा निर्माण भएको राम मंदिरमा २२ जनवरी माघ ८ गते गर्भगृहमा भगवान रामको प्राण प्रतिष्ठा हुने भएकोले भारत तथा नेपालको विभिन्न ठाउमा रहेको राम जानकी मंदिरलाइ सजाइएको र रामको संगीत गुंजायमान भएकोले राममय बातावरण बनेको हो !
हिन्दू धर्ममालम्बीहरुले रौतहट लगायत बारा , पर्सा , सर्लाही ,महोतरी ,धनुषा ,सिरहा ,सप्तरि र छिमेकी मुलुक भारतको विहार राज्यको विभिन्न ठाउमा प्राण प्रतिष्ठाको अवसर परेर मठ , मंदिरलाइ आकर्षक रुपमा सजाइएको छ भने ठाउ ठाउ जय श्री रामको झण्डा लगाइएको कारण गाउ शहर सुन्दर र मनमोहक देखिने गरेको छ !
मठ मंदिरमा राम धुन ,अष्टयाम ,भजन ,कीर्तन आयोजना समेत गरिएको छ ! सोमबार बेलुकी घर घरमा दीपावली गर्नको लागि विश्व हिन्दू परिषद् नेपालले आव्हान समेत गरेको छ ! भगवान राम ५०० बर्ष पछि आफ्नो घरमा स्थापित हुन गइरहेकोमा सनातनी धर्मालम्बी धेरै नै हर्षित भएको स्थानीय दीपक केसरीले बताए !
आयोध्या र नेपाल विच पारिवारिक सम्बन्ध भएकोले रामललाको प्राण प्रतिष्ठाको अवसरमा दिप जलाएर स्वागत गर्ने तयारी गरेको गौर नगरपालिका ४ निवासी ओमप्रकाश साहले बताए ! रौतहटको गौर नगरपालिका , ईशनाथ नगरपालिकाको औरैया , परोहा नगरपालिकामा राममंदिरमा हुन गइरहेको प्राण प्रतिष्ठाको अवसरमा भव्य रुपमा कलश शोभा यात्रा समेत निकालिएको छ !
श्रीराम मय बन्यो बातावरण , दुल्हन झै श्रृंगारिए मठ मंदिर
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।