रौतहट ।। गौर नगरपालिकाका पूर्व नगर प्रमुख एवं नेकपा एमालेका नेता अजय कुमार गुप्ताले गौर नगरपालिका वड़ा नम्बर ५ मा नव निर्मित राम मन्दिरमा हुन गई रहेको भगवान राम जानकीको प्राण प्रतिष्ठाको लागिनिकै हर्षित भएको बताएका छन !
२०७४ सालमा सम्पन भएको पहिलो स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि जीर्ण अवस्थामा रहेको राम मन्दिरको पुनर्निर्माणको लागि आफुले गरेको योगदान सफल भएको देखेर ख़ुशी लागेको बताए ! आयोध्यामा नव निर्मित मन्दिरमा प्रभु श्रीराम तथा गौर नपामा निर्माण भएको राम मन्दिरमा एकै दिन भगवानको प्राण प्रतिष्ठा हुने भएको देखेर गर्व महसूस गरिरहेको वहाले बताए !पूर्व नगर प्रमुख गुप्ताले भने २०७६ साल जेष्ठ महीनामा शिलान्याश गरेको मन्दिर निर्माण भई भागमन राम सहित जानकी ,हनुमान जीको स्थापना हुन लागेकोले धेरै नै ख़ुशी लागेको छ !
मन्दिर निर्माणको लागि तत्कालीन प्रदेश सरकारका सभामुख बर्तमान मधेश प्रदेश सरकारका मुख्यमंत्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा श्री मदभागवत सप्ताह महाज्ञान यज्ञ आयोजना गरिएको बताउँदै पूर्व नगरप्रमुख गुप्ताले नगरपालिकाबाट ४० लाख रकम दिइएको जानकारी गराए ! आफुले पाउने तलब ३ महीनाको १ लाख १३ हजार ५ सय रुपैया मन्दिरमा सहयोग गरेकोले मन्दिर निर्माणको कार्य संपन्न भएको देखेर गरेको योगदान फलदायी साबित भएको उल्लेख गरे !
Home प्रदेश समाचार मधेश प्रदेश शिलान्याश गरेको मन्दिरमा प्राण प्रतिष्ठा हुन लाग्दा हर्षित छू पूर्व नगर प्रमुख...
शिलान्याश गरेको मन्दिरमा प्राण प्रतिष्ठा हुन लाग्दा हर्षित छू पूर्व नगर प्रमुख गुप्ता
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।