काठमाडाैं ।। निर्वाचन आयोगले बुधबार राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । जस अनुसार दुई हजार ४७ मतदाता कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर मतदाता हुने व्यवस्था छ । मृत्यु भएका जनप्रतिनिधिको नाम हटाएर मतदाता नामावली तय गरिएको पौडेलले बताए ।
सात प्रदेशमा कुल प्रदेश सभा सदस्य ५५० जना छन्। यसमध्ये मृत्यु भएका एक जनाको नाम हटाएर ५४९ कायम गरिएको हो ।
त्यस्तै, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका मेयर र उपमेयर गरी एक हजार ५०६ जना हुन्छन्। यसमध्ये गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका उपमेयर गरी तीन जनाको मृत्यु भएको छ।

त्यसैगरी, गाउँपालिकाका एक जना अध्यक्ष र नगरपालिकाका चार जना मेयर निलम्बनमा परेका छन्। उनीहरूको नाम हटाएर एक हजार ४९८ जनाको मतदाता नामावली कायम गरिएको आयोगले जनाएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ। त्यसमा प्रदेश सभा सदस्यको मतभार ५३ हुन्छ भने गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका मेयर र उपमेयरको मतभार १८ हुन्छ। कुल ५७ हजार ५५९ मतभार छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here