रौतहट । सिमा रक्षकको रुपमा रहेको नेपाली सेना अव नागरिक संग पनि नजिकदै गएको छ । पछिलो समय नेपाली सेनाले नागरिकको हरेक विपदमा सहयोग गर्ने अग्रनि भुमिकामा देखिने गरे पछि अव नागरिकको नजिक रही सहयोगी भुमिकामा रहन खोजिएको हो ।
नेपाली सेनाले रौतहटको सदरमुकाम गौरमा आयोजनामा गरिएको नागरिक सैनिक अन्तरक्रिया कार्यक्रममा, नगरिक संग कसरी नजिक हुने र नागरिकको समस्याहरुको समाधन गर्न सहयोग गर्ने विषयमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा व्यक्ताहरू, नेपाली सेनाको ईतिहासको वारेमा तराई मधेशलाई जनाकारी गराउने, वारमवार सिमा मिचिदै गरेकोले त्यसको रक्षा गर्न नेपाली सेना अग्रसर हुनु, नागरिकको समस्याहरुको समाधान गर्ने हरेक समय क्यापियन गर्न, नेपाली सेनामा सवै जात, धर्मका व्यक्तिहरुको पहुच हुने समावेसी सिद्धान्तको अवलम्वन गर्ने÷गराउने, विभिन्न भाषामा संचालित रेडियो कार्यक्रममा बज्जिका भाषामा पनि कार्यक्रम संचालन गराउने, समनपुर नेपाली सेनाको एतिहासीक ठाउँ भएकाले त्यसको वारेमा आम नागरिकलाई जानकारी गराउने र संग्रालयको स्थापना गर्नु पर्ने जस्ता विषयहरु राखेका थिए ।


कार्यक्रममा नेपाली सेनाले संचालन गरि रहेको रेडियो कार्यक्रम प्रशारण गर्ने रौतहट एफ एम, संस्कृति एफ एम, गुन्जन एफ एम, रेडियो मधेशी मस्ला एफ एम र गंगा एफ एमलाई करद पत्रबाट सम्मनित गरिएको थियो भन्ने नेपाली सेनाले तराई मधेशीमा गरिएको उदहारर्णय कार्यहरुको वारेमा लघु चलचित्र अप्पनको प्रर्दशन गरिएको थियो ।
कार्यक्रम महा सेनानी इश्वर कुमार श्रेष्ठको सयोजतकमा जिल्ला समन्वय समितिको सभा हलमा जिल्लाका नागरिक समाजका प्रतिनिधिहरु, संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो भन्ने नेपाली सेनाका महा सेनानी, सेनानी लगायत उच्च दर्जाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here