चितवन, भदौं २६ ।
नेपाल सरकारले तोकिएभन्दा १२ लाख बढी शुल्क असुली गरेको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलीत बनेका छन् । १० दिनदेखि विद्यार्थीहरुले अवैध ढंगले लिएको शुल्क फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्नु पर्ने लगायतका माग राखी आन्दोलन गरिरहेका छन् ।
‘अवैध रूपमा उठाइएको शुल्क फिर्ता गर्नु पर्छ भनेर देशभर आन्दोलन भैरहेको छ तर यस्तो गम्भीर प्रश्न उठ्दा पनि छानबिन गर्नुको साटो राज्यले विद्यार्थीमाथि नै दमन गरिरहेको छ । बुधबार मात्रै आन्दोलनरत विद्यार्थीमाथि हस्तक्षेप गरी प्रहरीले १७ जनालाई पक्राउ ग¥यो । झडपका क्रममा केही विद्यार्थी घाइते भएका छन् ।
एप्रोन लगाएका विद्यार्थीले बुधवार दिनभर प्रहरीको हिरासत भरियो । चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश पनि पक्राउ परे । राति अबेर मात्र उनिहरुलाई रिहा गरिएको चिकित्सा संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले बताका छन् । ‘अवैध रूपमा उठाइएकोे शुल्क फिर्ता गर्नु पर्ने अवस्थामा उल्टै सरकारले उल्टै हामी विद्यार्थीहरु माथि दमन गर्दै गरेको प्रवक्ता कडरियाको भनाई रहेको छ ।
नियम नमान्ने कलेजबाट ठगिएका विद्यार्थी न्यायका लागि आवाज उठाउँदा अन्यायमा परेका छन । एमबिबिएसका विद्यार्थीसँग तोकेभन्दा बढी शुल्क असुल्ने कलेजलाई नियमन गर्नुको सट्टा सरकार न्यायका लागि संघर्ष गरिरहेका पीडित विद्यार्थीमाथि नै दमनमा उत्रिएको हो ।
काठमाडौं उपत्यकामा सरकारले ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेका छन् । तर, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित निजी मेडिकल कलेजले तोकेभन्दा लाखौँ बढी शुल्क असुली गरेको विद्यार्थीहरुको गुनासो रहेको छ । निजी मेडिकल कलेजहरूले नेपाली विद्यार्थीसँग फरक–फरक शुल्क असुलेका छन् ।
त्रिवि चिकित्साशास्त्र संकायका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले, सरकारले तोकेको शुल्कमा ट्युसन, ल्याब, लाइब्रेरीदेखि सबै शुल्क समावेश गरिएको बताउँछन् । ‘विद्यार्थीको बसोवास, खाना, विश्वविद्यालय र काउन्सिललाई तिर्नुपर्ने शुल्कबाहेक केही पनि लिन पाइँदैन, डिन अग्रवालले भने् ।
तर, कतिपय मेडिकल कलेजले दर्जनौँ शीर्षकमा उठाउँदा पनि नपुगेर ‘अन्य’ शीर्षक राखेरसमेत लाखौँ असुलेका छन । चर्को शुल्क असुल्नेमा वीरगन्जको नेसनल मेडिकल कलेज, भरतपुरको चितवन मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज र काठमाडौंको किस्ट मेडिकल कलेज छन् ।
तर सरकार यस प्रति आफ्नो धर्ना सर्वजनिक गरि रहेको छन् । यस्तो संवेदन सिल विषयमा सरकारले अवाज उठाउने माथी उल्टै दमन गर्नु निन्दीनय भएको शिक्षा विद्यहरुको भनाई रहेको छ ।
मेडिकल कलेजको करोडौ अवैध असुली, अवाज उठाउने विद्यार्थी माथि दमन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।