काठमाडाैं ।। नेकपा एमाले कोशी प्रदेशले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत कायम राख्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। सोमबार बसेको दलको बैठकले मन्त्रीले राजीनामा दिए पनि विश्वासको मत भने कायम राख्ने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले नेपालखबरलाई जानकारी दिए । केन्द्रमा जस्तै गठबन्धनबाट सरकार विस्तार गरेपछि असन्तुष्ट एमाले शनिबार सरकारबाट बाहिरिसकेको छ । ‘अब आजबाट हामी प्रतिपक्षमा बस्नेछौँ, भण्डारीले भने, ‘विश्वासको मतमा भने हाललाई समर्थन कायम राख्ने निर्णय गरेका छौँ ।’ कोशीमा एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेका कार्की संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । सरकार निर्माणका क्रममा कार्कीका पक्षमा कांग्रेसका ८ जना तथा एमालेका ३९ सांसद गरी ४७ सांसदको समर्थन जुटेको थियो । तर विश्वासको मत लिने क्रममा नेकपा एमाले ३९, कांग्रेस २९, नेकपा माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी पार्टी ४ र जनता समाजवादी १ सहित ८६ सांसदको मत कार्कीलाई मुख्यमन्त्री कार्कीलाई परेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here