काठमाडौं ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ। मालपोत कार्यालय, पर्साका करोडौैं राजश्व हिनामिना भएको आयोगले जनाएको छ । आयोगले तत्कालिन मालपोत अधिकृतहरु हरिनारायण मिश्र, भुपबहादुर बोगटी, गोपाल प्रसाद ढुंगाना, पदम प्रसाद अर्याल र चन्द्र प्रसाद भण्डारीविरुद्ध मुद्दा दायर भएको हो । मिश्रविरुद्ध २ करोड नौ लाख, बोगटीविरुद्ध एक करोड ४९ लाख, ढुंगानाविरुद्ध ३५ लाख ४५ हजार, अर्यालविरुद्ध १६ लाख ८१ हजार र भण्डारीविरुद्ध दुई लाख ४४ हजार बिगो कायम गरिएको छ । तत्कालिन कम्प्युटर अधिृकत एक करोड ४१ लाख र तत्कालिन नायब सुब्बा किरण प्रसाद उपाध्यायविरुद्ध ५ करोड ५५ लाख बिगो कायम गरी मुद्दा दायर भएको छ । उनीहरुले आर्थिक वर्ष २०७१–७२ मा एकै रजिष्ट्रेशन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र सोमध्ये बढी राजस्व रकम उठेको लिखतको विवरण रजिष्ट्रेशन लिखत दर्ता किताबमा प्रविष्टि गरी किताबमा प्रमाणित गर्नुपर्नेमा रजिष्ट्रेशन दर्ता किताव प्रमाणित नगरी उनीहरुको हस्ताक्षरबाट पारित भएका लिखतबाट संकलन भएको राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेका हुन् । यसमा नासु उपाध्यायको प्रमुख संलग्नता देखिएको छ । उनको मृत्यु भइसकेकाले बिगो असुल उपरका लागि उनका छोराहरूलाई अख्तियारले प्रतिवादी बनाई बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पर्साका तत्कालीन मालपोत अधिकृतसहित सातविरुद्ध भ्रष्टाचार मुद्दा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।