रौतहट ।। लामखुटे नियन्त्रण गर्ने उपकरण गौर नगरपालिकाले प्रदेशिक अस्पताललाई हस्तान्तरण गरेका छन् ।
गौर नपामा प्राप्त भएको लामखुटे नियन्त्रण गर्ने उपकरणलाई प्रादेशिक अस्पताल गौरमा विरामीहरुलाई सुरक्षित राख्नमा मद्दत पुग्ने उद्देश्यबाट गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले अस्पताललाई हस्तान्तरण गरेका हुन् । नगरप्रमुख साहले अस्पतालमा उपचाराको लागि आउने विरामीहरुलाई लामखुट्टेको टोकाइ बाट बचाउने हेतु “मस्किटो क्लिन मशीन” अस्पतालका मेडिकल सुपरिडेन्डन डा. कृष्णा शाहलाई हस्तान्तरण गर्दै उनले विरामीहरुलाई हरेक दृष्टिकोर्णबाट जोगाउने हाम्रो नैतिक दायित्व भएको हुँदा उक्त मेशिन उपलब्ध गराएको बताए ।
करिब एक सय ५० मिटर परिधि भित्रको लामखुट्टेलाई मार्न सक्ने दाबी गरिएको सो मशीनको प्रतिकृया पछि अन्य ठाउँमा व्यवस्थापन गर्ने समेत गौरका मेयर शम्भु साहले जानकारी गराए ।
Home प्रदेश समाचार मधेश प्रदेश प्रादेशिक अस्पताल गौरलाई नगरप्रमुख साहद्वारा “मस्किटो क्लिन मशीन” हस्तान्तरण
प्रादेशिक अस्पताल गौरलाई नगरप्रमुख साहद्वारा “मस्किटो क्लिन मशीन” हस्तान्तरण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।