काठमाडौं ।। विश्वकप छनोट खेलमा नेपाल पराजित भएको छ । इतिहासमै पहिलो पटक सुपर ओभरमा पुगेको खेलमा नेपाल पराजित भएको हो । निर्धारित २० ओभरमा नेपाल र ओमनले दुबै टीमले १ सय ८४ रन बनाएका थिए । उपाधिको छिनोफानो गर्ने ओभरमा नेपालका बलर अभिनास बोहरा चल्न नसक्दा नेपाल पराजित भएको हो । बोहराले ६ बलमा ३ खराब फुलटच फालेका थिए । तीनै वटा फुल टचलाई ओमनका खेलाडी ६ रनमा परिणत गरेका थिए । २० रनको लक्ष्य पछ्याएको नेपाल १० रनमै सिमित भएको हो । पहिलो इनिङमा नेपालका लागि गुल्सन झाले २५ बलमा ५४ रन प्रहार गरेका थिए । उनले ४ छक्का र ५ चौकाको मद्दतले ५४ रन बनाएका हुन् । कप्तान रोहित पौडेलले ३७ बलबाट ५२ रन प्रहार गरेका थिए । यस्तै ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३२, आशिफ शेखले ६ रन बनाउँदा करन केशीले २० रन बनाएका थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।