काठमाडौं ।। आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले दोस्रो खेलमा मलेसियामाथि सनसनीपूर्ण जित निकालेको हो। १६६ रनको लक्ष्य पाएको नेपालले १८ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालका लागि कुशल मल्लले विष्फोटक पारी खेले। उनले ३४ बलको सामना गर्दै ६५ रन बनाएर आउट भएका थिए । यसअघि ओपनर कुशल भुर्तेलले पनि विष्फोटक सुरुवात दिलाएका थिए। उनले २४ बलको सामना गर्दै ४३ रनको योगदान दिए । यस्तै अर्का ओपनर आशिफ शेखले २३ बलको सामना गर्दै ३२ रन बनाए । भुर्तेललाई पहिलो, आशिफ दोस्रो, कप्तान रोहित पौडेल तेस्रो र मल्ललाई नेपालले चौथो विकेटका रुपमा गुमाएको हो। कप्तान पौडेल २ रन बनाएर पेविलियन फर्किएका थिए । नेपालका लागि यस्दै सन्दीप जोराले १६ बलको सामना गर्दै १८ रन बनाए। विवेक यादवले नटआउट दुई रन जोडे । यता टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। नेपालका तर्फबाट अभिनाश बोहोराले चार विकेट लिएका थिए । रोहित पौडेल, गुल्शन झा र सन्दीप लामिछानेले एक/एक विकेट लिएका थिए ।
मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।