विराटनगर ।। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस गौतमबुद्धको जन्मभूमि लुम्बिनीबाट विश्व शान्तिका लागि आह्वान गरेका छन् । नेपालको चार दिने भ्रमणमा रहेका हासचिव गुटरेसले गौतमबुद्धको जन्मभूमि लुम्बिनीको मायादेवी मन्दिरबाट विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई खुसी लागेको भन्दै गुटेरेसले युद्धरत मुलुकलाई शान्तिको बाटोमा लाग्न आग्रह गरेका हुन् । उनले हाल संसारभर देखिएको द्वन्द्वको अन्त्यको लागि लुम्बिनीबाट आह्वान समेत गरे । उनले भने, ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु ।’ इजरायल, प्यालेस्टाइन, सुडानलगायत देशमा जारी द्वन्द्व अन्त्य गर्न आह्वान गर्दै उनले बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा खुसी व्यक्त गरेका छन् । गुटेरेसलाई स्वागत गर्न लुम्बिनी पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी बुद्धको जन्मस्थल, बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्रै नभएर शान्ति र सद्भावको केन्द्र समेत रहेको बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here