काठमाडाैं ।। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले नेपाल विश्वको मित्र भएको बताएका छन् । विश्व नेपालका लागि असल मित्र हुनुपर्ने उनले बताए ।
मंगलवार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै गुटरेसले विश्वलाई नेपालको मित्र बनाउन राष्ट्र संघले सधैँ पहल गर्ने बताएका हुन् ।
‘पछिल्ला केही दिन यो असाधारण देशको भ्रमण गर्न पाउँदा मलाई निकै खुशी लागेको छ । मैले देखेको साधारण सत्य– नेपाल विश्वको मित्र हो । विश्व नेपालका लागि असल मित्र हुनुपर्छ,’ गुटरेसले भने, ‘संयुक्त राष्ट्र संघले यसलाई वास्तविकता बनाउनका लागि सधैँ प्रयत्न गर्नेछ ।’
गुटरेसले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपालले पुर्याएको योगदानको प्रशंसा गरे ।
सम्बोधनको शुरूमा उनले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली परिवारप्रति समवेदना व्यक्त गरे । गुटेरेसले गरेको सम्बोधनप्रति संघीय संसद्ले धन्यवाद प्रस्ताव पारित गरेको छ ।
संसद् पुगेर महासचिव गुटरेसले भने नेपाल विश्वको असल मित्र
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।