विराटनगर ।। कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयसीमा सकिएको छ। देश प्रमुखले मुख्यमन्त्री दाबीका लागि शुक्रबार अपरान्ह ५ बजेसम्मका लागि समय तोकेका थिए। बिहीबार माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका सांसद केदार कार्कीले आफूसँग बहुमत रहेको दाबी गरेका छन् । तर आङ्बोले गरेको दाबीमा माओवादीका १३ र कांग्रेसका कार्कीसहित २९ सांसदलाई समेत गणना गरेर बहुमत जुटाएको दाबी गरेका छन् । तर कार्की आफैंले मुख्यमन्त्रीको दाबी गरेकाले आङ्बोको बहुमत सिद्ध हुने सम्भावना कम छ। कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थन छ। प्रष्ट बहुमत कार्कीका पक्षमा देखिएकाले कार्कीलाई नै मुख्यमन्त्री नियुक्त गर्ने सम्भावना बढी छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here