एजेन्सी ।। कट्टरवादी संगठन हमासको सशस्त्र शाखाले विगत २४ घण्टामा गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा १३ इजरायली र विदेशी बन्धक मारिएको जनाएको छ ।
इज्जेदिन अल-कासम ब्रिगेडले एक विज्ञप्तिमा इजरायली लडाकु विमानहरूले पाँचवटा स्थानलाई निशाना बनाएर विदेशीसहित १३ बन्दी मारिएको बताएको हो । अक्टोबर ७ मा भएको आक्रमणमा हमासले १५० जनालाई कैद गरेको छ। इजरायलले सर्वसाधारणको घरमा निशाना बनाएमा बन्धकहरूलाई मार्ने चेतावनी हमासले दिएको छ ।
गत शनिबार बिहान हमासले इजरायलमा आक्रमण गरेपछि प्रतिरक्षाकाे लागि भन्दै इजरायलले गाजामा सैन्य कारबाहीलाई तीव्रता दिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here