काठमाडौँ ।। आज घटस्थापना दशैं सुरू नेपालीहरूको महान् पर्व बडादसैं आजबाट सुरु हुँदै भएकाे छ । हिन्दुहरूको महान चाड बडादसैँको पहिलो दिन पनि हो घटस्थापना । नवरात्री आरम्भको पहिलो दिन आश्विन शुक्ल पक्ष प्रतिपदालाई घटस्थापना भनिन्छ । आजको दिन दुर्गा भवानीलाई घरघरमा स्थापना गरी जमरा राखिन्छ । हिन्दु धर्मावलम्बीहरूका घरमा जमरा राख्ने गरिएको छ । आजदेखि नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ । घटस्थापनापछि दशैंको चहलपहल पनि सुरु हुन्छ । दसैँभर हरेक दिन प्रमुख शक्ति पीठहरू भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, खाँडादेवी, कालीमाईलगायत देशका अन्य स्थानका शक्ति पीठमा समेत दुर्गा भवानीको पूजा हुन्छ । त्यसैगरी देवदेवीका मन्दिर र शक्तिपीठहरूमा शक्तिरुपा दुर्गाको पूजा आराधना गरिन्छ । विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको पूर्ण घडा स्थापना गरिन्छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।