जनकपुर ।। जनकपुरमा रहेको बिग मार्टमा ठूलो आगलागी भएको छ। जनकपुर उपमहानगरपालिका–९ जनकपुरधामको रामानन्द चोकमा रहेको बिग मार्टमा शनिवार राति करिब १२ बजेदेखि कस्मात् लागेको आगो आज बिहान मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ। आगलागीबाट बिग मार्टमा रहेको सामान सबै जलेको छ भने करोडौंको क्षति भएको अनुमान छ। जनकपुरधाम उपमहानगरपालिका लगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीय लगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।
आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी बताए। उनले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको जानकारी दिए ।
आगलागीको कारण खुल्न नसके पनि विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here