काठमाडाैं ।। इजरायल र प्यालेस्टाइन लडाकु समूह हमासबीचकाे आक्रमण जारी रहेकाे छ । दशकौँ यताको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा हमासले शनिबार व्यापक स्थल, हवाई र समुद्री आक्रमण गरेको थियो । इजरायली सेनाका अनुसार हमासको आक्रमणमा २०० भन्दा बढी इजरायलीको मृत्यु भएको र एक हजारभन्दा बढी घाइते भएको बताएको थियो । हमासले सैनिक र सर्वसाधारणलाई बन्धक बनाएको पनि इजरायली सेनाले बताएको छ । यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टाइनी लडाकू समूहले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा हमाससँगको लडाइँमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिएका छन् । नेतन्याहूले ट्वीटरमा लेखेका छन्, ‘पहिलो चरण यस समयमा हाम्रो भूमिमा घुसपैठ गर्ने अधिकांश शत्रु सेनाको विनाशद्वारा समाप्त हुँदैछ ।’ रातभर इजरायलले गाजा पट्टीमा हवाई आक्रमण गरेको थियो भने प्यालेस्टाइनी भूमिबाट इजरायली क्षेत्रमा रकेट प्रहार भएको थियो । गाजाको सीमापारिको स्डेरोट प्रहरी चौकीलगायत विभिन्न स्थानमा इजरायली सेना र हमासका सयौं लडाकूबीच आइतबार बिहान पनि गोली हानाहान भइरहेको छ । नेपालको परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा रहन तथा इजरायल प्रशासनले जारी गरेका नियम पालना गरी बस्न भनेको छ ।
Home अन्तराष्ट्रिय इजरायल-गाजाबीचकाे आक्रमण जारी,नेपालीहरूलाई सुरक्षित स्थानमा रहन परराष्ट्र मन्त्रालयकाे अाग्रह
इजरायल-गाजाबीचकाे आक्रमण जारी,नेपालीहरूलाई सुरक्षित स्थानमा रहन परराष्ट्र मन्त्रालयकाे अाग्रह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।