बझाङ ।। बझाङ केन्द्रबिन्दु भएर आज पुनः भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दुई पटक गएको हो । पछिल्लो पटक १२ः०६ बजे बझाङको धुली केन्द्रबिन्दु भएर ३.९ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
बझाङसँग आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसूस भएको छ। यसबाट कुनै क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ ।
यसअघि आजै बिहान ११ः४५ बजे पनि बझाङमा भूकम्प गएको थियो। बझाङको भोटेखोला नजिक केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बझाङमा गत मंगलबार एकै दिन तीन घन्टाको अन्तरालमा चार म्याग्निच्युडभन्दा ठूला सातवटा भूकम्प गएका थिए। त्यसयता यस क्षेत्रमा भूकम्पका साना धक्का महसुस भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here