बझाङ ।। बझाङ केन्द्रबिन्दु भएर आज पुनः भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दुई पटक गएको हो । पछिल्लो पटक १२ः०६ बजे बझाङको धुली केन्द्रबिन्दु भएर ३.९ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
बझाङसँग आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसूस भएको छ। यसबाट कुनै क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ ।
यसअघि आजै बिहान ११ः४५ बजे पनि बझाङमा भूकम्प गएको थियो। बझाङको भोटेखोला नजिक केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बझाङमा गत मंगलबार एकै दिन तीन घन्टाको अन्तरालमा चार म्याग्निच्युडभन्दा ठूला सातवटा भूकम्प गएका थिए। त्यसयता यस क्षेत्रमा भूकम्पका साना धक्का महसुस भइरहेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।