रौतहट ।। रौतहटको माधवनारायण नगरपालिकाको नगर सभाको आठौं अधिवेशन २०८० शुक्रवार सम्पन्न भएको छ । प्रत्येक स्थानीय तहले असार मसान्त भित्रमा नगरसभा सम्पन्न गरी आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम ल्याउनुपर्ने प्रावधान भएपनि जनप्रतिनिधिबीच कुरा नमिल्दा असारमा हुन नसकेको माधवनारायण नगरपालिकाको आठौं नगर अधिवेशन तिन महिना ढिलो गरी शुक्रवार मात्र सम्पन्न भएको हो ।

नगर प्रमुख बैजनाथ प्रसाद यादवको अध्यक्षतामा नगरपालिकाको सभाहलमा सम्पन्न भएको नगरसभाले यस चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ५३ करोड भन्दा बढीको बजेट ल्याएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता राखेर चालु आर्थिक वर्ष २०८०÷८१ का लागि ५३ करोड ३० लाख ४४ हजार रूपैयाँ बजेट ल्याएको छ । नगरपालिकाले आफना ८ औं नगरसभाबाट आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम समेत सर्वजानिक गरेको हो ।

मेयर बैजनाथ प्रसाद यादवले प्रस्तुत गरेको उक्त बजेटमा संघीय सरकारबाट वित्तिय समानिकरण अनुदान १० करोड ९४ लाख, सशर्त अनुदान १९ करोड ३५ लाख २१ हजार ८ सय, चालू खर्च (राजस्व बाँडफाँट) ९ करोड ३५ लाख २१ हजार ८ सय रुपैयाँ प्राप्त भएको छ । त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान ७८ लाख ८७ हजार, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख रुपैया रहेकोे छ । त्यस्तै संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदान एक करोड, समपूरक अनुदान एक करोड रहेको छ । नगरपालिकाको आन्तरिक श्रोत र केन्द्र तथा प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने मौज्दात गरी ८ करोड ९३ लाख ३५ हजार रुपैया रहेको छ । नगरपालिकबाले प्रस्तुत गरेको आफना नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य कृषि र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।

नागरिकको मौलिक हकको रुपमा रहेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने, करोडौको लागतमा खेसरहिया स्थित निर्माण भइरहेको १५ सैयाको अस्पताल निर्माण कायलाई पुरा गरी सुचारु गराउने, बर्थिङ्ग सेन्टर संचालन गराउने कुरा नीति तथा कार्यक्रममा समेटिएको छ । कृषिमा निर्भर रहेका नगरवासीहरुलाई आत्मनिर्भर बनाउनको लागि खेत खेतमा सिँचाइको व्यवस्था, कृषि सडक निर्माण, कृषि बिजुली उपलब्ध गराउनुको साथै किसानहरुलाई मलखाद्य र उन्नत बिउँ विजन निशुल्क उपलब्ध गराउने आगामी नीति तथा कार्यक्रममा उल्लेख छ ।

किसानहरुको लागि बाली विमाको ब्यवस्था मिलाइने छ । वैज्ञानिक खेतीका लागि आवश्यक पर्ने यन्त्रहरु एवं कृषिमा शिक्षाको प्रशिक्षणको ब्यवस्था गरिनेछ । कृषि आधुनिकीकरण नीति अवलम्बन गर्न आवश्यक कार्यक्रमहरु ल्याइने छ । कृषिलाई औद्योगीकरण एवं व्यवसायीकरण तर्फ लैजानका पशु पालनको आर्थिक अनुदान दिइने छ । यस चालुआर्थिक वर्षमा नगरभित्र प्रत्येक टोलको मुख्य पक्की सडक बनाइने छ ।

एक गाउँदेखि अर्को गाउँसम्मको रहेको सडकलाई स्तर उन्नति गरिनेछ । साथै आवश्यकता अनुसार नयाँ सडक निर्माण एव मर्मत सम्भार गरिने नीति तथा कार्यक्रममा भनिएको छ । सामाजिक विकास तर्फ खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गर्ने, प्रत्येक विद्यालयमा सीसीटिभी जडान गर्ने, विद्यालयको संस्थागत सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गराउने व्यवस्था गरिने नीति लिइने भएको छ । पू

र्वाधार विकास तर्फ यस नगरपालिकाको आफनै प्रशासनीक भवनको निर्माण कार्य शुरु गर्ने, पक्की सडकको पहुच नपुगेका स्थानहरुमा पक्की सडक निर्माण गरिने, नगरपालिकाको सम्पूर्ण वडाहरुलाई जोड्ने गरी एक रिङ्गरोड निर्माण गरिने, बागमति नदिमा एक झोलुङ्गे पुल निर्माणको कार्यलाई प्राथमिकता दिने उल्लेख छ ।

कार्यक्रममा नगर उपप्रमुख निर्मला देवी रमणको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले स्वागत मन्तव्य राख्दै माधवनारायणलाई एक विकसित र समृद्ध नगरपालिका बनाउन सबैलाई लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा ९ वटै वडाका वडा अध्यक्षहरु, वडा सदस्य, नगर कार्यपालिका सदस्य, प्रहरी, कर्मचारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here