बझाङ ।। बझाङमा लगातार पाँच पटक भूकम्पको धक्का महशुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् । पहिलो भूकम्प बझाङको तल्कोटलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको गएको छ भने दोस्रोपटक बझाङको भातेखोला केन्द्रबिन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
त्यसपछि पनि लगातार तीन पराकम्पको महशुस भएको छ । स्थानीय खुल्ला चौर र सडकमा बसिरहेका छन् । सामाजिक सञ्जालमा क्षति भइरहेका खबर आइरहेका छन्। कतिपय स्थानमा घरमा क्षति पुगेको जनाइएको छ। ‘कैयन घरहरु चर्किएका छन्, ग्रामीण क्षेत्रमा कहाँ के भयो क्षति भएकाे छ । क्षतिको यकिन विवरण आउन बाँकी छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।