नेपालगन्ज ।। जिल्ला प्रशासन कार्यालय बाँकेबाट नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । हिन्दू र मुस्लिम धर्मावलम्बीबीच धार्मिक द्वन्द्वको सम्भावना बढेपछि नेपालगन्जको अवस्था तनाव ग्रस्त बनेको छ । बाँकेका एसपी सन्तोष सिंह राठोरले १ बजेदेखि कफ्यु लगाइएको जानकारी दिए । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो । हिन्दूहरुको समूहले मंगलबार नेपालगञ्जमा प्रदर्शनको आयोजना गरेको छ। त्यसमा झडप हुन सक्ने र सद्भाव बिग्रिने संकेत देखिएपछि कर्फ्यु जारी गरिएको हो । यसैबीच राप्रपा महामन्त्री डा. धवल शमशेर जबराले मंगलवार संसद्को आकस्मिक समयमा बोल्दै सद्भावका लागि अपिल गरेका छन् ।सम्भावित तनावलाई मध्यनजर गर्दै नेपालगन्जमा आज बिहान सद्भाव र्यालीसमेत निकालिएको थियो ।
धार्मिक द्वन्द्वको सम्भावनापछि नेपालगञ्जमा कर्फ्यू आदेश जारी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।