काठमाडौं ।। काठमाडौं न्युरोडमा गएराति ११ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको छ । इन्द्रजात्रा हेर्न न्युरोड पुगेका एक युवकमाथि धारिलो हतियार प्रहार भएको हो । हतियार प्रहारबाट घाइते भएका उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ओखलढुंगा लिखु गाउँपालिका–४ घर भई हाल क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय सनी कार्कीमाथि धारिलो हतियार प्रहार भएको हो । घाइते कार्कीलाई ट्रमा सेन्टरबाट रिफर गरेर ११ः५८ मा मनमोहन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमेध ढुंगेलले जानकारी दिए । यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here