सर्लाही ।। सर्लाहीको मलंगवामा लगाइएको कर्फ्यू निष्कृय गरिएको छ । आज साेमवार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू निष्कृय गर्ने र निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । दुई समुदायको झडप र तनापछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले असोज ४ गते राति १० बजेदेखि साबिक मलंगवा नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाएको थियो । असोज ४ गते साँझ गणेश चतुर्थीको मुर्ति सेलाएर फर्किने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो । कर्फ्यू निष्कृष्ण गरेपनि आजदेखि देखी अर्को आदेश वा व्यवस्था नहुन्जेल सम्मको लागि राती ८ बजेदेखि बिहान ४ बजेसम्मको लागि कर्फ्यू आदेशलाई निरन्तरता दिने सुरक्षा समितिले निर्णय गरेको छ । कर्फ्यू आदेश निष्कृय गरिए तापनि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साबिक मलंगवा नगरक्षेत्र भित्र कुनै प्रकारको भेला हुन जुलुस गर्न, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरेको छ । सामाजिक संजालमा सामाजिक सद्भाव बिगार्ने खालका हल्ला एवम् अफवाह फैलाउने व्यक्तिहरुको पहिचान गरी साइवर अपराध गरेको अभियोगमा कानून बमोजिम कारबाही गर्ने समेत सुरक्षा समितिले निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here