मुम्बइ ।। बलिउड अभिनेत्री परिणिती चोपडा विवाह बन्धनमा बाँधिएकी छन्। परिणितीले आफ्ना प्रेमि भारतीय आम आदमी पार्टीका सांसद राघव चड्ढासँग विवाह गरेकी हुन् । भारतीय सञ्चार माध्ययमका अनुसार राजनीतिज्ञका साथै बलिउडका थुप्रै कलाकार र परिवार/आफन्तको उपस्थितिमा उनीहरूले आज विवाह गरेका हुन् । राजस्थानको उदयपुरस्थित होटेल लीला र ताजलेकमा विशिष्ट पाहुँनाहरूको उपस्थितिमा अभिनेत्री परिणिती र सांसद राघवको विवाह भएको हो। उनीहरूले चार महिनाअघि इन्गेजमेन्ट गरेका थिए । उनीहरूबीच पहिलो चिनजान बेलायतमा अध्ययनका क्रममा भएको थियो। परिणीतिले दि युनिभसिटी अफ म्यानचेस्टरमा पढेकी हुन् भने राघवले लन्डन स्कुल अफ इकोनोमिक्स पढेका छन् । सन् २०२२ मा पञ्जावी फिल्म चम्किलामा काम गरिरहेकी परिणितीलाई भेट्न राघव सेटमै पुगेपछि उनीहरूबीच प्रेम सम्बन्ध सुरु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here