काठमाडाैं ।। नेपाल र चीनबीच १३ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीच सोमवार बेइजिङमा भएको द्विपक्षीय वार्तापछि ती सम्झौतामा हस्ताक्षर भएको हो । १२ सम्झौता र एउटा ‘लेटर अफ एक्सचेन्ज’मा हस्ताक्षर भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । जसमा कृषि, सडक पूर्वाधारलगायत सम्झौता छन् । सम्झौतापत्रमा नेपालका लागि चिनियाँ राजदूत विष्णुपुकार श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलगायतले हस्ताक्षर गरेका छन् । आजै संयुक्त विज्ञप्तिमार्फत सम्झौताबारे जानकारी गराइने प्रचण्डको सचिवालयले जनाएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रचण्डलाई सोमवार बिहान राजकीय सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here