विराटनगर ।। कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ । दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएका मुख्यमन्त्री कार्कीले सोमबार दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् । नयाँ मन्त्री थप भएसँगै मन्त्रिपरिषद् नौ सदस्यीय भएको छ । मुख्यमन्त्री कार्कीले आज बुद्धिकुमार राजभण्डारी र लिलाबल्लभ अधिकारीलाई मन्त्री नियुक्त गर्नुभएको छ भने रामप्रसाद महतो र निरन राईलाई राज्यमन्त्री नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तारसँगै यस अघि खानेपानी, सिंचाई तथा उर्जा मन्त्री रहनुभएका तिलकुमार मेन्याङ्बो(लिम्बू)को जिम्मेवारी परिवर्तन गरी स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ । सोमबार नियुक्त लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको छ भने बुद्धिकुमार राजभण्डारी खानेपानी सिंचाई तथा उर्जा मन्त्री बन्नुभएको छ । यस्तै, रामप्रसाद महतो कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बन्नुभएको छ । मन्त्रिपरिषद् विस्तारपछि पनि मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी साथमै राख्नुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here