काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकलाई संसदमा सच्याउने प्रतिवद्धता जनाएका छन् ।
शिक्षक महासंघको नेतृत्वमा हिजोदेखि देशभरका विद्यालय बन्द गरेर काठमाडौं केन्द्रीत आन्दोलन भइरहेको छ ।
यसै शन्दर्भमा महामन्त्री थापाले सामाजिक सञ्जाल फेशबुकमा आन्दोलनको स्वरूप पनि परिवर्तन गरेर अगाडी बढ्न सुझाव दिएका छन् । थापाले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको भन्दै त्यसलाई संसदमा आफुहले सच्याउने प्रतिवद्धता जनाँउदै विद्यालय बन्द नगर्न आग्रह गरे ।
‘विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ । संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ,’ महामन्त्री थापाले भने, ‘आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सवैका जायज माग र चिन्ताको संवोधन गर्ने कुरामा प्रतिबद्ध छौ ।’
महामन्त्री थापाले सांसदको भूमिका एवं विवेकमाथि विश्वास गर्न पनि आग्रह गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here