काठमाडौं ।। तेह्रौं संस्करणको सेना प्रमुखहरूको सम्मेलनमा भाग लिन प्रधान सेनापति प्रभुराम शर्मा दिल्ली जाने भएका छन्। भारतको नयाँ दिल्लीमा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ‘इन्डो–प्यासिफिक आर्मिज्स चिफ कन्फ्रेन्स’ (आईपीएसीसी) मा सहभागिता जनाउन शर्मा असोज ७ गते दिल्ली जाने भएका हुन्। आईपीएसीसीको आयोजनामा हुने इन्डो–प्यासिफिक आर्मिज् म्यानेजमेन्ट सेमिनार (आईपीएएमएस) मा भने सेनापतिसँगै उपरथी योगराज शर्मा, महासेनानी वसन्तबहादुर गौतम सहभागी हुने कार्यक्रम रहेको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ। त्यसैगरी ‘नाइन्थ सिनियर इनलिस्टेड लिडर फोरम’ (एसईएलएफ) मा सहभागी हुने प्रमुख सुबेदार रत्नबहादुर थापामगर पनि भ्रमण दलमा सहभागी हुनेछन्। भारत र संयुक्त राज्य अमेरिकाका सेनाह‌रूको सह-आयोजनामा सञ्चालन हुने सो सम्मेलनमा सहभागी भइ प्रधान सेनापति शर्मा नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्किने कार्यक्रम छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here