काठमाडौं ।। विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने जिम्मा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पाएका छन्। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गृहमन्त्री श्रेष्ठलाई वार्ताको जिम्मेवारी दिइएको बताए। नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री खड्काले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा वार्ताको जिम्मा गृहमन्त्रीलाई दिइएको जानकारी आफ्ना नेताहरुलाई गराएका हुन् । प्रधानमन्त्री अमेरिका भ्रमणमा रहेकाले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका खड्काले आन्दोलनको दोस्रो दिन आन्दोलन झन् उग्र भएको र काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि यसको जानकारी आफ्ना नेतालाई गराएका हुन् । बिहान गृहमन्त्रीकै पहलमा शिक्षकहरुसँग पहिलो चरणको वार्ता भएको थियो। उक्त वार्ताका क्रममा शिक्षकहरुले आफ्नो अडान राखेका थिए। उनीहरुले वार्ता उच्चस्तरमा गर्ने र शिक्षामन्त्रीसँग नगर्ने अडान राखेका थिए। शिक्षामन्त्री अशोक राईले आफूहरुका माग सम्बोधन नगर्ने शिक्षकहरुको अडानपछि उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा वार्ताको जिम्मेवारी दिइएको खड्काले जानकारी गराए । शिक्षकहरूले आवश्यकताभन्दा धेरै सर्त राखिरहेको पनि खड्काले बताए। केन्द्रीय समिति बैठकमा बोल्दै गर्दा कार्यबाहक प्रधानमन्त्री खड्काले यो कुरा सार्वजनिक नभएको पनि भनेका थिए। सरकारले वार्ताका लागि बोलाइरहेको र अझै पनि बोलाउन तयार रहेको कुरा उनले जानकारी गराए।
आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने जिम्मा गृहमन्त्री श्रेष्ठलाई
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।