काठमाडौं ।। सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले निजामती कर्मचारीभित्रका सोच, शैली र तौरतरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
२०औँ निजामती सेवा दिवसका अवसरमा शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले एकात्मक ढाँचाको प्रशासनयन्त्रलाई संघीय शासन व्यवस्थाअनुकूल हुने गरी रूपान्तरण गर्नुपर्नेमा जोड दिए । त्यसका लागि निजामती कर्मचारीभित्रका सोच, शैली र तौरतरिकामा सुधार गर्नुपर्ने उनले औँल्याए ।
मुलुकले अंगीकार गरेको विकास, समृद्धि, सुशासन र दीर्घकालीन लक्ष्यलाई व्यवहारमा उतार्न समग्र निजामती प्रशासन अझ बढी सिर्जनशील र व्यावसायिक हुनुपर्ने खाँचो रहेको उनले बताए । सुशासनको प्रत्याभूति दिलाउनु निजामतीको प्रारम्भिक अभिभारा भएको उनले उल्लेख गरे ।
मुख्यसचिव अर्यालले संघीय निजामती सेवा ऐन जारी नहुँदा संघीय इकाइबीच प्रशासनिक अन्तरसम्बन्ध कायम हुन कठिन भएको उनले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here