काठमाडौं ।। काठमाडौंको माइतीघर मण्डलमा आरती साहका परिवारले कपाल मुण्डन गरेर प्रदर्शन गरेका छन्। धनुषाको नगराइन-८ खिरखिरयाकी २५ वर्षीया आरतीको दाइजोको कारण हत्या गरिएको परिवारजनले बताएका छन्। उनीहरू आरतीको हत्यामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै ८५ दिनदेखि माइतीघर मण्डलमा धर्ना दिइरहेका छन्।
यतिका दिनसम्म पनि सरकारले वास्ता नगरेपछि शुक्रबार परिवारका सदस्यले कपाल मुण्डन गरेका हुन्। धनुषाबाट आएर सिंहदरबार छेउकै माइतीघरमा धर्ना बसेको ८५ दिन हुँदासम्म नदेख्ने सरकार आफूहरूका लागि मरे सरह नै भएको भन्दै कपाल मुण्डन गरेको उनीहरूले बताएका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here