काठमाडौं ।। कृषिगणना २०७८ अनुसार नेपालमा ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । जनगणनाको रिपोर्ट अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ कृषि परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । अघिल्लो कृषिगणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको दिएको थियो ।
कृषिगणना अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषिगणनाले यस्तो कृषक परिवारको प्रतिशत ७१ देखिएको थियो ।
यो कृषिगणनाले यस्ता कृषक परिवार अन्तर्गत जम्मा कित्ता सङ्ख्या एक करोड १५ लाख ८३ हजार ९५० र प्रति कृषक परिवार कित्ता सङ्ख्या २.८ देखिएको छ । अघिल्लो कृषिगणना २०६८ ले यो सङ्ख्या क्रमशः एक करोड २० लाख ९६ हजार ४१७ र ३.२ रहेको देखाएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here