काठमाडौं ।। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार राेक्न त्रिभुवन विमानस्थलमा नयाँ ढंगको व्यवस्थापन लागू गर्ने बताएका छन् ।
आज गोरखामा आयोजित पत्रकार भेटघाटमा मन्त्री श्रेष्ठले हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको सुन प्रकरणको अनुसन्धान नरोकिएको बताए ।
त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले गृहमन्त्रीको राजीनामा मागेकोबारे पत्रकारहरुले मागेको प्रतिक्रियामा मन्त्री श्रेष्ठले आफूले त्यसलाई अस्वाभाविक रुपमा नलिएको बताए ।अनुसन्धानको क्रममा तथ्य प्रमाणको आधारमा जो संलग्न देखिए पनि कारबाहीको दायरामा ल्याउने उनले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिएको करिब एक क्विन्टल सुन गत बुधबार राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । यो घटनालाई सरकारले गम्भीर र संवेदनशील रुपमा लिएको मन्त्री श्रेष्ठले बताए । त्यसकारण सबै विमानस्थलको व्यवस्थापन नयाँ ढंगले गर्न लागिएको जानकारी उनले बताए ।
Home मुख्य समाचार भ्रष्टाचार राेक्न त्रिभुवन विमानस्थलमा अब नयाँ व्यवस्थापन लागू गर्छाैँ : गृहमन्त्री श्रेष्ठ
भ्रष्टाचार राेक्न त्रिभुवन विमानस्थलमा अब नयाँ व्यवस्थापन लागू गर्छाैँ : गृहमन्त्री श्रेष्ठ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।