सप्तरी ।। सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति राजगढ गाँउपालिका वडा नं.६ बस्ने ३५ वर्षीय उमेश मण्डलको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरबाट पानी तानि खेतमा लगाउने क्रममा मण्डललाई करेन्ट लागेको थियो । मण्डललाई करेन्ट लागेपछि तत्काल उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here