काठमाडौं ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
कम्बोडियाको भ्रमण गरेर सोमबार राति स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गृहमन्त्री गैरजिम्मेवार बनेको आरोप लगाए । उनले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ/छैन भन्ने प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ बताउनुपर्नेमा उनले जोड दिए ।
उनले ‘विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ कि छैन ?’ भन्दै प्रश्न गरे । गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न उनले गृहमन्त्री श्रेष्ठलाई चेतावनी दिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।