काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय सदस्य समितिको बैठकमै जन्मदिन मनाएका छन् । सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई जन्मदिनमा केक खुवाएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारको केन्द्रीय समिति बैठक स्थगित गरेलगत्तै सभापति देउवाले महामन्त्री थापालाई केक खुवाएका हुन्।
साउन ३ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी छ। बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। आज बिहान ११ बजेदेखि ५ : १५ बजेसम्म चलेको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।
महामन्त्री थापाको जन्मदिनमा सानेपामा आयोजित कार्यक्रमलाई कांग्रेसले आधिकारिक फेसबुकबाट लाइभसमेत गरेको थियो।
पदाधिकारीसहित केन्द्रीय सदस्यहरुले थापालाई खादा लगाएर शुभकामना प्रदान गरेका थिए । आजको बैठक सकिएलगत्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापाको जन्मदिन मनाउने सुनाएका थिए । जन्मदिन मनाउने क्रममा ‘ह्याप्पी बर्थ डे टु यु’ गीत बजाइएको थियो ।
कांग्रेस बैठकमा गगन थापाले जन्मदिन मनाए
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।