काठमाडाैं ।। प्रधानमन्त्री पुष्पकमल दाहाललाई सांसद अजयकुमार चौरासियाले मधेशमा बजेट कम विनियोजन गर्नुको कारण सोधेका छन् । संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा उनले सोधे, ‘७० प्रतिशत राजश्व वीरगञ्जबाट संकलन हुन्छ तर बजेट मधेसमा किन कम भयो ? वीरगञ्ज सरकाको प्राथमिकतामा किन परेन ? नारायणी उपक्षेत्रीय अस्पताल, ठाकुरराम बहुमुखी क्याम्पस र रंगशाला निर्माणमा कति रकम विनियोजन भएको छ ?’
सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले बजेटमा मधेशलाई हेपिएकाे कुरामा सत्यता नभएको बताए । उनले भने, ‘मधेश प्रदेशमा कम बजेट विनोयोजन भयो भन्ने साँचो होइन । संघीयताको मर्मअनुसार संघबाट प्रदेश र स्थानीय तहमा १५ प्रतशित बढी रकम मधेश प्रदेशमा जाने गरेको छ । संघबाट सञ्चालन हुने पूर्व पश्चिम राजमार्ग, वीरगञ्ज करिडोर, हुलाकी राजमार्ग, सिँचाइ आयोजनाहरू तराई मधेशलक्षित अगाडि बढेका छन् ।’
तराई मधेश समृद्धि कार्यक्रमका लागि पनि बजेट विनियोजन गरिएको उनले बताए । वीरगञ्ज सरकारको प्राथमिकतामा रहेको उनले प्रस्ट पारे । रंगशाला निर्माणको लागि १ करोड ५० लाख नारायणी अस्पतालको लागि ४१ करोड ३० लाख र क्याम्पको लागि अनुदान जाने व्यवस्था मिलाएको प्रधानमन्त्री प्रचण्डले बताए ।
मधेश प्रदेशलाई कम बजेट किन ? प्रधानमन्त्रीको जवाफ- त्यो साँचो होइन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
         
            
 
		