काठमाडौं ।। काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ । एआर ०६ ई ७०३१ नम्बरको बस आज बिहान ९ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बसमा ३० जना यात्रुहरू सवार थिए । दुर्घटनामा परेर एक जना बालकको मृत्यु भएको बताइएको छ । १२ जना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरेर अस्पताल पठाएको छ ।
बस दुर्घटना हुँदा केहीबेर सडक अवरुद्ध भएको थियो । अहिले बसलाई सडकबाट उठाइसकेकाले बाटो खुलिसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here