काठमाडाैं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन उपाध्यक्ष वामदेव गौतम आफ्नो पार्टीकै सदस्य रहेको बताएका छन् । एमालेले ७० वर्षे उमेर हद हटाएपछि वामदेवले आफू फर्किन तयार रहेको बताएलगत्तै ओलीले उनको सदस्यता कायमै रहेको बताएका हुन्।
‘वामदेव गौतमको सदस्यता एमालेमै छ’, उनले संसद् भवनबाहिर पत्रकाररुसँग भनेका छन्। काठमाडौंमा भएको नवौँ महाधिवेशनमा माधव नेपाललाई हराउँदै ओली अध्यक्ष भएका थिए । त्यसबेला ओलीकै प्यानलबाट वामदेव उपाध्यक्ष बनेका थिए । तर नेकपा माओवादी केन्द्रसँग मिलेर बनेको नेकपामा २०७७ कात्तिकदेखि विवाद बढ्दै गएर विभाजनसम्म पुग्दा वामदेव ओलीकोविरुद्धमा उभिइसकेका थिए । तर अब एमालेले ७० वर्षे उमेर हद हटाएसँगै वामदेव एमालेमा फर्किएर काम गर्न तयार भएका हुन् । उनले बुधबार संसद् भवन परिसरमा अब आफूलाई एमालेको अध्यक्ष वा महासचिव बन्ने रहर नरहेको पनि बताए ।
‘वामदेव गौतम अब एमालेको अध्यक्ष र महासचिव हुनु छैन। म त्यहाँ योगदान गर्न जाने हो। मैले मेरो अनुभव बताउन जाने हो,’ उनले भने, ‘मैले काम गर्ने ठाउँ चाहिन्छ, क्षेत्र चाहिन्छ। बसेर बोलिरहने ठाउँ चाहियो। पण्डित नै भएर पनि म एमालेमा काम गर्न सक्छु। मेरो व्यवस्थापन भएमा म जान तयार छु। ७० वर्षे उमेर हद हटाउनु भयो भने म प्रवेश गर्छु ।’ त्यसपछि २०७७ फागुनमा सर्वोच्च अदालतले नेकपा खारेज गरिदिएसँगै वामदेवले एमालेमा रहेर काम गर्न चाहेनन्।
उनले ओलीले एकलौटी गरेको भन्दै एमालेका उपाध्यक्ष रहँदै वामदेवले २०७८ भदौ १८ गते पार्टी परित्याग गरेका थिए । अध्यक्ष ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उनले उपाध्यक्ष र पार्टीको सबै जिम्मवारीबाट राजीनामा दिएको पत्र पार्टी कार्यालयका सचिवलाई बुझाएका थिए। तर उनैले अहिले पार्टी सदस्यता नत्यागेको बरु नवीकरण गरिरहेकोखुलाएका छन् ।
वामदेव गौतमको सदस्यता कायमै छ – अध्यक्ष ओली
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।