काठमाडौं ।। सिर्सिया नदीलाई प्रदूषणमुक्त र अतिक्रमणबाट जोगाउन वीरगञ्जबाट आएका प्रदर्शनकारी भेट्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले माइतीघर मण्डला पुगेका छन् । बुधबार मन्त्री प्रदर्शनकारीलाई भेट्न माइतीघर मण्डला पुगेका हुन्। प्रदर्शनमा सहभागी भएका नागरिकको गुनासो सुन्नुका साथै समस्या समाधान गर्ने आश्वासनसमेत दिए।
बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै नदीलाई प्रदुषणमुक्त बनाउन माग गर्दै त्यहाँका स्थानीयले माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका छन्।
वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगलाई उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन नगरी नदीमा खसाल्दै आएका छन्। त्यसविरुद्ध सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले पाँच उद्योगलाई तीन–तीन लाख रुपैयाँको कारबाहीसमेत गरेको थियो।
तर, कारबाही गरिसक्दा पनि उद्योगले अझै अटेर गर्दै आएको छ। उद्योगहरुलाई समितिले तत्काल ट्रिटमेन्ट प्लान्ट बनाउन आग्रह गरेको थियो। तर त्यो आग्रहसमे लत्याउँदै उद्योगले प्रशोधन नगरेको फोहोर पानी सिधै नदीमा मिसाउँदै आएको छ।
Home मुख्य समाचार सिर्सिया नदीलाई प्रदूषणमुक्त र अतिक्रमणबाट जोगाउन वीरगञ्जबाट आएका प्रदर्शनकारी भेट्न गृहमन्त्री श्रेष्ठ...
सिर्सिया नदीलाई प्रदूषणमुक्त र अतिक्रमणबाट जोगाउन वीरगञ्जबाट आएका प्रदर्शनकारी भेट्न गृहमन्त्री श्रेष्ठ माइतीघर मण्डलामा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।