काठमाडाैं ।। प्रमुख शीर्ष तीन दलका नेताबीच बालुवाटारमा भेटवार्ता भएकाे छ। बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन लगायतका विषयमा तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ। तीन नेताबीच बजेट र नीति तथा कार्यक्रमसहित संसदीय सुनुवाइ समिति गठनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।





