काठमाडौं ।। नेपाली नागरिकलाई भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
शुक्रबार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्धविरुद्ध पक्राउ पूर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ। पक्राउ पूर्जी जारी हुनुपूर्व नै यो घटनाका हाइप्रोफाइल व्यक्ति पक्राउ पर्न थालेपछि शेर्पा मोबाइलको स्विच अफ गरेर फरार छन्।
शेर्पा २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका व्यक्ति हुन्। शेर्पाले यो प्रकरणमा पक्राउ परेकाहरुलाई भेटेर पूर्वगृहमन्त्री समेत रहेका कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणको नाम नपोल्न भन्दै आग्रह गरेका थिए।
रकम फिर्ता दिलाउने भन्दै शेर्पाले केशव दुलाल र सानु भण्डारीलाई खाणको नाम नलिन भनेको प्रहरी स्रोतले जनाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here