मुम्बइ ।। बलिउड अभिनेत्री परिणीति चोपडा र सांसद राघव चड्ढाले इन्गेजमेन्ट गरेका छन् । उनीहरूले शनिबार दिल्लीमा इन्गेजमेन्ट गरेका हुन्। परिणीतिले ‘मैले हुन्छ भनेँ’ भन्दै इन्स्टाग्राममा इन्गेजमेन्टको तस्बिरहरू सेयर गरेकी छन् ।
उनीहरूको इन्गेजमेन्ट समारोहमा कलाकारदेखि नेताहरूको सहभागी थियो। परिणीतिको इन्गेजमेन्टमा सहभागी हुन प्रियंका चोपडा अमेरिकाबाट आएकी थिइन् । राघव आम आदमी पार्टीको राज्यसभा सांसद हुन्। इंग्ल्यान्डमा पढ्दा परिणीति र राघवबीच चिनजान भएको थियो ।
परिणीतिले द युनिभसिटी अफ म्यानचेस्टरमा पढेकी हुन् भने राघवले लण्डन स्कूल अफ इकोनोमिक्समा पढेका हुन् ।
राघव पेशाले चाटर्ड अकाउन्टेन्ट हुन्। गतवर्ष पञ्जाव सरकारले उनलाई सल्लाहकार बनाएको थियो। अन्य क्षेत्रमा काम गर्ने भन्दै विपक्षी दलले उनको आलोचना गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here