रौतहट ।। रौतहट जिल्लामा सड़क दुर्घटनामा परी ४१ जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी ८३९ जना घाइते भएका छन ! जिल्लाको विभिन्न ठाउमा भएको सवारी दुर्घटनामा परी चालू आर्थिक बर्षको चैत्र सम्ममा ४१ जनाको ज्यान गएको हो भने ८३९ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रमुख ट्राफिक प्रहरी निरीक्षक विमला कुमारी कठायतले जनाएको छ ! जिल्लामाँ भएका ५१५ घटनामा ३१ जना पुरुष ,७ जना महिला , २ जना बालक तथा १ जना बालिकाको मृत्यु भएको हो ! दुर्घटनामा परी ५५० जना पुरुष , ११७ जना महिला , ९७ जना बालक र ६७ जना बालिका गंभीर तथा सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक रहेको छ ! मृत्युको संख्याले गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक बर्षमा संख्या घटेको देखिएको छ ! अनुमति बिना ,मादक पदार्थ सेवन गरी सवारी चलाउने , जथाभावी बाटो काटने ,ओभरटेक गर्ने गरेको कारनले सवारी दुर्घटना होने गरेको प्रहरी निरीक्षक कठायतले बताए ! उनले बाटो फराकिलो नभई साँघुरो भएको कारन तीब्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने गरेको जनाए !
दुर्घटना न्यूनीकरणको लागि बेला बेलामा ट्राफिक सम्बन्धी सचेतना मूलक कार्यक्रमहरु चलाउने गरेको बताउँदै जनशक्ति तथा स्रोत साधनको अभावको कारन ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको जिकिर समेत गरे ! जिल्लामा ४२ जना ट्राफिक प्रहरी रहेकोले व्यवस्थापनमा ठूलो चुनौतिको सामना गरिरहनु परेको भन्दै कठायतले ६० जना जनशक्ति व्यवस्थापन भए सहज हुने बताए ! उनले भने जनशक्तिको आभाव र उपकरणको कमी रहेको छ !
राडार गण एउटा मात्र रहेको छ ३ वटा हुनु पर्ने हो ! मादक पदार्थ सेवन परिक्षण गर्ने मशीन २ वटा रहेको भएपनि काम गर्ने अवस्थामा नहुँदा समस्या रहेको उल्लेख गर्दै सहयोगको लागि स्थानीय सरकार संग अनुरोध गरेको बताए !
ट्राफिक व्यवस्थापनमा स्थानीय पालिकाहरुले गंभीर भएमा सड़क दुर्घटनामा न्यूनीकरण हुन सकिने धरना राखे नगरपालिकाले आ आफ्नो क्षेत्रमा सीसी टीभी कैमरा जडान गरिदिएमा दुर्घटना र आपराधिक गतिविधि नियन्त्रण गर्न ठूलो सहयोग हुन सकिने उल्लेख गरे !
रौतहटमा ९ महीनामा ४१ को मृत्यु ८३९ जना घाइते
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।