रौतहट ।। जिल्ला ट्राफिक कार्यालय रौतहटले चालू आर्थिक बर्षको श्रावण महीना देखि चैत्र महीना सम्ममा ट्राफिक नियम उलंघन गर्ने विभिन्न सवारी साधन माथि कार्यवाही गरी २ करोड़ भन्दा बढ़ी राजश्व संकलन गरेका छन ! जिल्लाको बिभिन्न ठाउमा सवारी साधन चेकजाच गर्ने क्रममा ट्राफिक नियम विपरीत सवारिसाधन चलाउने माथि कार्यवाही गरी २ करोड़ ११ लाख ९३ हजार रुपैया राजश्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय रौतहटका प्रमुख ट्राफिक प्रहरी निरीक्षक विमला कुमारी कठायतले जानकारी दिएका छन !
ट्राफिक नियम उलंघन गरेका २६ हजार ७ सय ९४ सवारी साधन कार्यवाहीमा परेको छ ! ट्राफिक प्रहरी निरीक्षक कठायतका अनुसार ट्रक ५ हजार ६२ , बस ८३२ , कार ,भ्यान,जीप २ हजार ६ सय १४ , ट्रेक्टर ८४० ,मोटरसाइकल १३ हजार ५ र टेम्पू ,रिक्सा ४ हजार ४ सय ४१ सवारी साधन रहेका छन !
ट्राफिक प्रहरी कार्यालय गौरले गएको आर्थिक वर्ष भन्दा बढ़ी ९ महीनामा राजश्व संकलन गर्न सफल भएका छन ! गएको बर्ष १८ लाख ६४ हजार राजश्व संकलन गर्न सकेका गौरले ट्राफिक प्रहरी नायव निरीक्षक धीरेन्द्र बहादुर बीस्ट आएपछि २०७९ साउन देखि चैत्र महीना सम्ममा २८ लाख ५९ हजार राजश्व संकलन भएको छ !
सई विस्टका अनुसार श्रावणमा १२९ सवारी साधन माथि कार्यवाही गरी ७६ हजार , भाद्रमा ३५६ सवारी साधन माथि कार्यवाही गरी ३ लाख ३६ हजार ५ सय ,आसोजमा ४१५ माथि कार्यवाही गरी २ लाख ५८ हजार ५ सय , कार्तिकमाँ ७५० माथि कार्यवाही गरी ४ लाख २१ हजार , मङ्सिरमा ३५० माथि कार्यवाही गरी २ लाख १५ हजार , पुशमा ५ सय माथि कार्यवाही गरी ३ लाख ५० हजार , माघमा ७५० माथि कार्यवाही गरी ५ लाख २२ हजार , फाल्गुनमा ५ सय ५० माथि कार्यवाही गरी ३ लाख ४२ हजार ५ सय र चैत्रमा ५ सय माथि कार्यवाही गरी ३ लाख १० हजार ५ सय रकम संकलन भएको हो !
ट्राफिक प्रहरी नायव निरीक्षक विस्टले भने गत बर्षको तुलनामा दोब्बर राजश्व रकम संकलन गर्ने लक्ष्य लिएको छू

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here