काठमाडौं ।। नेपालमा उत्पादन गरिएका सवारीसाधनलाई दर्ता गर्न मिल्ने गरी यातायात व्यवस्था विभागले यातायात व्यवस्था कार्यविधि २०६० लाई संशोधन तथा थप गरेको छ ।
विभागले बिहीबार एक सूचना जारी गर्दै स्वदेशमै उत्पादन भएका र एसेम्बल गरिएका सवारीसाधनलाई पनि दर्ता गर्ने बाटो खुला गरेको जानकारी दिएको हो । यो व्यवस्थासँगै अब विदेशबाट पाटपुर्जा ल्याएर नेपालमै एसेम्बलिङ गरी तयार सावरीले पनि नेपालमा दर्ता पाउने छ ।
यस्तै, नेपालमै उत्पादन भएको सवारी पनि दर्ता हुनेछ र यस्तो सवारीसाधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायतका प्रयोजनका लागि प्रज्ञापनपत्र आवश्यक नपर्ने विभागले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।