राैतहट ।। गौर नगर पालिकाका बारुण यन्त्र दुर्घटना हुदा चालक सहित 5 जना घाइते भएका छन्! मंगलवार राती 12 बजेर 15 मिनेटमा गौर नगरपालिका वडा नम्बर 6 सबगढामा आगो लागेको भनि आएको सुचनाको आधारमा आगो निभाउनको लागि गौर नगरपालिका कार्यालयबाट निस्केको ना 1 ग 788 नम्बरको बारुन यन्त्र गौर नगरपालिका 4 बस पार्क नजिक मुख्य सडक खण्डमा स्टेरिंग लक् हुदा दुर्घटनामा परेको हो!
बारुण यन्त्र दुर्घटना हुदा घटनामा परि चालक करिम अन्सारी, दमकल प्रहरी प्रेम केसरी, शिब शंकर राय, खुशेन्द्र साह र नथुनी पासवान घाइते भएको गौर नगर पालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुरले जानकारी दिएका छन्!
घाइते मध्ये चालक अन्सारीको तिघ्रा भाचेको छ भने दमकल प्रहरी केसरीको दाहिना हाथ टुटेको र साह को नाक मुख मा गहिरो चोट पटक लागेकोले थप उपचारको लागि बिरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ!
दुर्घटनामा परेका दमकल प्रहरी शिब शंकर राय र नथुनी पासवानको सामान्य चोट पटक लागेकोले प्रादेशिक अस्पताल गौरमा उपचार भै रहेको छ! यसै बीच नगर प्रमुख शम्भु साहले दमकल दुर्घटनामा परि घाइते भएका कर्मचारीहरुको स्वास्थ्य लाभको कामना गरेका छन्!

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here