राैतहट ।। गौर नगर पालिकाका बारुण यन्त्र दुर्घटना हुदा चालक सहित 5 जना घाइते भएका छन्! मंगलवार राती 12 बजेर 15 मिनेटमा गौर नगरपालिका वडा नम्बर 6 सबगढामा आगो लागेको भनि आएको सुचनाको आधारमा आगो निभाउनको लागि गौर नगरपालिका कार्यालयबाट निस्केको ना 1 ग 788 नम्बरको बारुन यन्त्र गौर नगरपालिका 4 बस पार्क नजिक मुख्य सडक खण्डमा स्टेरिंग लक् हुदा दुर्घटनामा परेको हो!
बारुण यन्त्र दुर्घटना हुदा घटनामा परि चालक करिम अन्सारी, दमकल प्रहरी प्रेम केसरी, शिब शंकर राय, खुशेन्द्र साह र नथुनी पासवान घाइते भएको गौर नगर पालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुरले जानकारी दिएका छन्!
घाइते मध्ये चालक अन्सारीको तिघ्रा भाचेको छ भने दमकल प्रहरी केसरीको दाहिना हाथ टुटेको र साह को नाक मुख मा गहिरो चोट पटक लागेकोले थप उपचारको लागि बिरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ!
दुर्घटनामा परेका दमकल प्रहरी शिब शंकर राय र नथुनी पासवानको सामान्य चोट पटक लागेकोले प्रादेशिक अस्पताल गौरमा उपचार भै रहेको छ! यसै बीच नगर प्रमुख शम्भु साहले दमकल दुर्घटनामा परि घाइते भएका कर्मचारीहरुको स्वास्थ्य लाभको कामना गरेका छन्!





